कोरोना संक्रमितको निको हुने दर ९४.६ प्रतिशत
काठमाडौं : नेपालमा सोमबार कोरोना संक्रमणका कारण थप २० जनाको मृत्यु भएको छ।
विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमित मध्ये २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ८५८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १५ हजार ९७९ नमुना परीक्षण गर्दा १ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
१ हजार ७४३ जना संक्रमित निको भएर घर फर्केका छन्। निको हुनेको संख्या अहिलेसम्म ७ लाख २८ हजार ९२८ जना पुगेको मन्त्रालयले जनाएको छ। निको हुने दर ९४.६ प्रतिशत रहेको छ।
देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमितको संख्या रहेको छ। १६३ जनाको देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ।
भदौ २१, २०७८ सोमबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।