बनेपाको पुल बजार डुबानमा

बनेपाको पुल बजार डुबानमा

काठमाडौं : अविरल वर्षाका कारण पुण्यमाता खोलामा आएको बाढीले काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ।

 गए राति देखिको लगातार वर्षापछि आएको बाढीले खोलाको सतह पार गर्दा सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो। बजारका सडक आसपासका  घर–पसल जलमग्न भएका छन्। पैदल यात्रु र सवारी साधनसमेत पुल बजार  पार गर्न समस्या परेको स्थानीयले बताए।

बाढीले राति तीन बजेदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

पुण्यमाता खोलाको बाढीले बनेपाको पुल बजार क्षेत्र हरेक वर्ष जसो डुबानमा पर्ने गरेको छ। बाढीले सडक अवरुद्ध हुँदा अरनिको राजमार्ग र बिपी राजमार्ग चल्ने सवारी साधन र यात्रु प्रभावित भएका छन्।

भदौ २१, २०७८ सोमबार १०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।