पहिरोले घर पुर्दा बालिकासहित दुईको मृत्यु
रोल्पा : गए राति परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर रोल्पाको धबाङमा एकै घरका २ जनाको मृत्यु भएको छ।
माथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र रहेका १ बालक र १ वृद्ध महिलाको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए।
३ दिनदेखि परेको अविरल वर्षाको कारणले राति १ बजे घर माथिबाट पहिरो गएको र सो पहिरोले घर पुरिदा उनीहरूको मृत्यु भएको सुवेदीले जानकारी दिए।
पहिरोमा परेर दुई जना घाइते भएका छन्। प्रहरी र स्थानीयवासीको सहयोगमा मृतक र घाइतेको उद्धार गरिएको थियो।
भदौ २१, २०७८ सोमबार ०८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।