निर्वाचन निर्देशिका सच्याउन बालुवाटारमा कांग्रेसको शीर्ष बैठक बस्दै

निर्वाचन निर्देशिका सच्याउन बालुवाटारमा कांग्रेसको शीर्ष बैठक बस्दै

काठमाडौँ : निर्वाचन निर्देशिका परिमार्जन गरी समावेसी प्रतिनिधित्व बढाउने विषयमा छलफल गर्न नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन्।

देउवाले निर्देशिका संशोधन गर्नका लागि  बिहान साढे ८ बजे बालुवाटारमा बैठक बोलाएका हुन्। 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, पूर्व महामन्त्री कृष्ण सिटौलासहितका नेताहरू सहभागी हुने देउवाको सचिवालयले जनाएको छ। 


निर्वाचन निर्देशिकामा प्रतिनिधित्व बढाउनको लागि नेताहरु फर्मूल्ला मन्सुर, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्लुल सतार, जीवन परियारसहितका नेताहरुले आग्रह गरेका थिए। प्रतिनिधित्वकै विषलाई लिएर दलित संघका केन्द्रीय अध्यक्ष मिन विश्वकर्माले पदबाट राजिनामा दिएका छन्।


हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि देउवाले प्रस्ताव गर्ने बताइएको छ। कांग्रेसका ४३ जिल्लाको वडा अधिवेशन भइसकेको छ।

भदौ २१, २०७८ सोमबार ०७:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।