तीन दिन वर्षा नरोकिने
काठमाडौं : हाल नेपालमा बंगालको खाडीमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव रहेकाले देशभर सामान्य वा पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेग गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राती देशका अधिकांश स्थानमा हल्का देखि भारी वर्षाको सम्भावना रहेको छ।
आगामी ३ दिन देश भर हल्का तथा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
भदौ २१, २०७८ सोमबार ०७:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।