भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृह मन्त्रालयको आपत्ति
काठमाडौँ : छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध सडकमा हुने प्रदर्शन र पुत्ला दोहन जस्ता गतिविधिप्रति गृह मन्त्रालयले आपत्ति जनाएको छ।
भारतीय प्रधानमन्त्री मोदीको विरुद्ध नाराबाजी गर्ने र पुत्ला जलाउने जस्ता गतिविधि बढ्न थालेपछि गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी त्यस्तो क्रियाकलाप प्रति आपत्ति जनाएको हो।
विज्ञप्ति जारी गर्दै मन्त्रालयले मित्र राष्ट्रहरूको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रवक्ता फणिन्द्रमणी पोखरेलद्वारा जारी मित्र राष्ट्रहरूसँगको समस्या वार्ता र संवादको माध्यमबाट कूटनीतिक तवरले समाधान गरिँदै आएको उल्लेख गर्दै विज्ञप्तिमा कूटनीतिक मर्यादा विरुद्ध हुने क्रियाकलापमा संलग्नलाई कारबाही गरिने चेतावनी दिइएको छ।
.jpg)
भदौ २०, २०७८ आइतबार १४:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।