कुलमान घिसिङको नियुक्ति बदरको रिट प्रधान न्यायधीश राणाको इजलासमा

कुलमान घिसिङको नियुक्ति बदरको रिट प्रधान न्यायधीश राणाको इजलासमा

सर्वोच्च अदालतका अनुसार आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन्।

सरकारले घिसिङलाई कार्यकारी नियुक्ति गरेपछि  निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ मा नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जा मन्त्री, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको उक्त रिटमा शाक्यले आफूलाई गैर कानुनी रूपमा कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गरेका छन्।

भदौ २०, २०७८ आइतबार १२:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।