बुटवलका ४ वटा पसलमा आगलागी
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मदन कुँवरले क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा आगो लागेको बताए। आगलागीले अन्य २ वटा पसलमा पनि आंशिक क्षति पुगेको उनले बताए।
विद्युत् सर्ट हुँदा आगलागी भएको आशङ्का गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण पूर्ण आईनसकेको र विवरण सङ्कलन भएको उनले बताए।
आगो बुटवल उपमहानगरपालिकाका–२, तिलोत्तमा, सिद्धार्थनगर र सैनामैना तथा गैडहवाका १/१ गरी ५ वटा दमकलको सहयोगमा नियन्त्रणमा आएको छ।
भदौ २०, २०७८ आइतबार ०९:३४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।