दरवारमार्गको पवित्रा खुद्रा पसलमा आगलागी, ७ लाख बराबरको नोक्सान
पवित्रा थापाको दुई तले घरको भुईँ तल्लामा रहेको खुद्रा पसलमा गएराति आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीको अनुसार बिजुलीको तार सर्ट भएर लागेको आगोले ५० हजार बराबरको रिचार्ज कार्ड, नगद ३६ हजार रुपैयाँ र पसलमा रहेका सामान गरेर ७ लाख बराबरको क्षति भएको हो। आगो राति नै निभाइएको प्रहरीले जनाएको छ।
भदौ २०, २०७८ आइतबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।