प्रदेश १, बागमती र गण्डकीमा भारी वर्षा हुने सम्भावना
विभागका अनुसार हाल प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा हुने अनुमान विभागले गरेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित भारी वर्षा हुने अनुमान विभागले गरेको छ।
विभागले मौसम बुलेटिन निकालेर पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ।
नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
भदौ २०, २०७८ आइतबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।