राष्ट्र संघको कार्यालयमा गरिने प्रदर्शनमा सहभागी हुन डा. केसीको अपिल 

राष्ट्र संघको कार्यालयमा गरिने प्रदर्शनमा सहभागी हुन डा. केसीको अपिल 

विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले गरिने प्रदर्शनमा सहभागी हुन केसीले अपिल गरेका हुन्। 

उनले अमेरिकामा रहेका नेपालीलाई शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने अपिल गरेका छन्। २० र २१ सेप्टेम्बर बिहान ९ बजेदेखि ४ बजेसम्म प्रदर्शन गरिने केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

‘संयुक्त राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको हुँदा सक्रियतापूर्वक भाग लिन अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थागत तथा व्यक्तिगत रूपमा हार्दिक अपिल गर्छु’केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

भदौ १९, २०७८ शनिबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।