राष्ट्रपतिले आव्हान गरिन संसद् अधिवेशन 

राष्ट्रपतिले आव्हान गरिन संसद् अधिवेशन 

नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको अधिवेशन आव्हान गरेकी हुन्। 

भदौ २३ गते बुधबार दिउँसो ४ बजेका लागि अधिवेशन आव्हान भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

मन्त्रीपरिषद्को आज शनिबार बसेको बैठकले भदौ २३ गते दिउँसो ४ बजे सङ्घीय संसद्को अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। 

भदौ १९, २०७८ शनिबार २०:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।