विप्लव निकटका विद्यार्थी निस्के सडकमा, भारतीय हस्तक्षेपको गरे विरोध
काठमाडौँको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस अगाडि उनीहरूले दार्चुला तुइन घटनामा बेपता भएका धामीको विषयमा सरकार मौन रहेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले जयसिंह धामीलाई सहिद घोषणा गर, कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि हुन् लगायतका प्ले कार्ड बोकेका थिए।
साथै उनीहरूले नेपाली आकाशमा भारतीय हवाई गस्ती र भारतको विदेश मन्त्रालयका प्रवक्ताले नेपालप्रति हेपाहा शैलीमा अभिव्यक्ति दिएको भन्दै विरोध गरेका थिए।
अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकालले नेपालमा भारतको हस्तक्षेप बढ्दै जाँदा पनि सरकार मौन बसेको आरोप लगाए। उनले राष्ट्रिय स्वाधीनताका विषयमा कुनै सम्झौता हुन नसक्ने भन्दै सरकार नसच्चिए कडा आन्दोलन गर्ने चेतावनी दिए।
भदौ १९, २०७८ शनिबार १६:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।