एमाले निकट कानुन व्यवसायीको भेलामा गएनन् ओली, पार्टी फुटको पुष्टि गर्न नेम्वाङले दिए चुनौती 

एमाले निकट कानुन व्यवसायीको भेलामा गएनन् ओली, पार्टी फुटको पुष्टि गर्न नेम्वाङले दिए चुनौती 

काठमाडौँ : नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टी फुटको औचित्य पुष्टि गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चुनौती दिएका छन्।

शुक्रबार ललितपुरमा पार्टी निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले पार्टी विभाजन गर्नुको औचित्य पुष्टि गर्न माधव नेपाललाई चुनौती दिएका हुन्। 

माले फुटाउँदा राष्ट्रियताको मुद्दा हुँदा पनि त्यसको औचित्य स्थापित हुन नसकेको भन्दै अहिले त्यस्ता कुनै मुद्दा नै नभएको नेम्वाङको भनाई छ। 

उनले १० बुँदे सहमतिको आधारमा  पार्टी एकता गर्नुपर्छ भन्दा विधि र प्रक्रिया भन्दा बाहिर गएर सुटुक्क पार्टी दर्ता गरेको आरोप लगाए। उनले सरकार बिस्तार हुने बित्तिकै गठबन्धन दलहरू नै फुटको सँघारमा पुग्ने भन्दै सरकार बिस्तार हुन नसकेको बताए।

भेलामा एमाले अध्यक्ष केपी ओली सहभागी हुने भनिए पनि विवाद हुने देखिएपछि ओली सहभागी हुनुभएन।  एमालेमा १० बुँदे कार्यान्वयनमा गइरहेका बेला केहीलाई जानकारी नै नदिई भेला राखेपछि विवाद भएको छ।

भदौ १८, २०७८ शुक्रबार २०:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।