राजीनामा दिँदै बामदेवले ओलीलाई भने : निरङ्कुश प्रवृत्तिले एमालेमा बस्न सकिन, सम्बन्ध मित्रतापूर्ण रहोस्
काठमाडौँ : पार्टी अध्यक्षको रूपमा स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति अँगालेकाले एमालेमा बस्न सक्दिन भन्दै एमाले उपाध्यक्ष बामदेव गौतमले राजीनामा दिएका छन्। उनले राजीनामा पत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर आरोपहरू लगाउँदै पार्टीको उपाध्यक्षसँगै सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्।
राष्ट्रपतिलाई आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गरेको, गलत विचार, प्रवृत्ति र शैली अपनाएकाले कारण एमालेमा रहन नसकेको उनले लेखेका छन्।
'फेरी पनि तपाईँसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबिचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ, उनले राजीनामा पत्रमा लेखेका छन्।
भदौ १८, २०७८ शुक्रबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।