सेजन अध्यक्षमा बराल निर्वाचित
काठमाडौँ : नेपाल आर्थिक पत्रकार समाज सेजनको अध्यक्षमा नयाँ पत्रिका दैनिकका जनार्दन बराल निर्वाचित भएका छन्।
सेजनको नयाँ नेतृत्व चयनका लागि शुक्रबार भएको २२ औँ वार्षिक साधारण सभा एवं अधिवेशनले अध्यक्षमा बराललाई निर्वाचित गरेको हो।
बरालका प्रतिस्पर्धी आशिष ज्ञवाली र शिरोमणि ढुङ्गाना थिए। यस्तै उपाध्यक्षमा सुजन वली विजयी भएका छन्। उनका प्रतिस्पर्धी नयाँ पत्रिकाका कृष्ण रिजाल थिए।
महासचिवमा शिलापत्रमा कार्यरत भागवत भट्टराई विजयी भएका छन्। उनका प्रतिस्पर्धी विनय बन्जारा थिए।
यस्तै सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा विजयी भएका छन्। सचिवमा पौडेल, हिमा बिक र एलिजा उप्रेतीले उम्मेदवारी दिएका थिए भने कोषाध्यक्षमा सापकोटा, कमला अर्याल र सुजन ढुङ्गानाको उम्मेदवारी परेको थियो।
सदस्यहरूमा चेतबहादुर अधिकारी (सिबी), अमर बडुवाल, इशारा कोइराला, अच्युत पुरी र शोभित थपलिया विजयी भएका छन्।
भदौ १८, २०७८ शुक्रबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।