बामदेवले ओलीलाई सम्बोधन गरेर बुझाए राजीनामा, खामबन्दी पत्र बोकेर बालकोट पुग्दै सचिव तामाङ
उनले एमाले पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पार्टी परित्याग गरेको पत्र बुझाएका हुन्।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङलाई गौतमले खामबन्दी पत्र बुझाएका एमाले पार्टी कार्यालयले जनाएको छ।
‘गौतमले राजीनामा पत्र बुझाएर जानु भएको छ,’पार्टी कार्यालयका सचिव तामाङले उकेरासँग भने,‘अध्यक्षलाई सम्बोधन गरेर बुझाएको पत्र लिएर म अहिले बालकोट जादैछु।’
गौतमले एमालेका सबै पदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका उनको निजी सचिवालयले जनाएको छ।
अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि जनाउँदै गौतमले राजीनामा पत्र बुझाएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
सुवेदीका अनुसार नेकपा एकीकृत समाजवादीले जबज स्वीकार गर्ने निर्णय गरेपछि गौतम एकीकृत समाजवादीमा जानेछन्।
भदौ १८, २०७८ शुक्रबार १८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।