दार्चुला घटनामा सरकार चुइँक्क बोल्दैन : एमाले प्रवक्ता ज्ञवाली 

दार्चुला घटनामा सरकार चुइँक्क बोल्दैन : एमाले प्रवक्ता ज्ञवाली 

ललितपुरमा शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर विदेशीको इशारामा काम गरेको आरोप लगाए। ‘सरकार नागरिक बेपत्ता हुँदा सरकार चुइँक्क बोल्दैन,’उनले भने,‘सरकार लज्जास्पद आत्मसमर्पण गरिरहेको छ।’

उनले दार्चुलामा तुइन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका विषयमा सरकार मौन बसेको आरोप लगाए। ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने बताए।

उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दाबी समेत गरे। प्रवक्ता ज्ञवालीले केही एमालेका नेताहरू गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आग्रह गरे। 

चुइँक्क बोल्दैन। नागरिक बेपत्ता सरकार चुइँक्क बोल्दैन। यही लज्जास्पद आत्मसमर्पणका लागि केपी ओलीको सरकार हटाइएको हो 

भदौ १८, २०७८ शुक्रबार १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।