संवैधानिक निकाय सम्बन्धी सुनुवाइ रोक्ने आदेश खारेज गर्न रिट दायर
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सुनुवाइ रोक्ने आदेशले न्याय सम्बन्धी हकमा अवरोध पुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका हुन्।
न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक निकायमा नियुक्ति सम्बन्धी रिटको शुक्रबारलाई तोकिएको पेसीमा सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको थियो।
प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन हुने नहुने टुङ्गो नलगाई रिटमा सुनुवाइ नगर्न नगराउन दिएको आदेश खारेज गर्न वरिष्ठ अधिवक्ता त्रिपाठीले आज सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्।
भदौ १८, २०७८ शुक्रबार १५:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।