आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो बनाउँछ : महामन्त्री कोइराला
पार्टीको १४ औँ महाधिवेशनको क्रममा आज सुरु भएको वडा अधिवेशन सफलताको शुभकामना सन्देश जारी गर्दै महामन्त्री कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो बनाउँदै लैजानुपर्ने बताएका हुन्।
कांग्रेसको वडा तहदेखि अधिवेशनको प्रक्रिया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक साङ्गठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको आजदेखि सुरु हुन लागेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्। शुभकामना सन्देशमा उनले यो महाधिवेशनबाट पार्टीको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताएका छन्।
महामन्त्री डा.कोइरालाले पार्टी, लोकतन्त्र र सिङ्गो राष्ट्रको निर्माणका जगमा उभिएका पार्टीका क्रियाशील सदस्यहरूलाई सुझबुझपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।
भदौ १८, २०७८ शुक्रबार १३:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।