महेश बस्नेतलाई देउवाको चुनौती- मलाई होइन, दुर्लभ थापालाई जितेर देखाऊ

महेश बस्नेतलाई देउवाको चुनौती- मलाई होइन, दुर्लभ थापालाई जितेर देखाऊ

शुक्रबार भक्तपुरबाट पार्टीको वडा अधिवेशन शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले भने, 'मलाई होइन, बस्नेतले थापालाई हराएर देखाउन म चुनौती दिन्छु।'

केही दिनअघि भक्तपुरका एमाले नेता बस्नेतले भक्तपुरमा शेरबहादुर देउवा चुनावमा लड्न आए आफूले सहजै जित्ने दावी गरेका थिए।

देउवाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरी पार्टी संगठनलाई थप सशक्त बनाइने भन्दै महाधिवेशन सफलताका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए। देउवाले आगामी दिनमा कांग्रेस बलियो र सशक्त हुने विश्वास समेत व्यक्त गरेका थिए।

भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले पार्टीको अधिवेशनदेखि महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए। उनले आगामी चुनावमा पार्टीलाई पहिलो पार्टी बनाउन सशक्त भूमिका खल्ने धारणा राखे।

वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुनेगरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ।  निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन्।
 

भदौ १८, २०७८ शुक्रबार १३:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।