सक्षम र सबल नेतृत्व चयन गर्न सिंहको आग्रह
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पहिलो खुट्किलो मानिएको वडा अधिवेशनको सन्दर्भ पारेर एक सन्देश जारी गर्दै नेता सिंहले लोकतान्त्रिक विधि–प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्दै शुभकामना व्यक्त गरेका हुन्।
देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व कांग्रेसमा आवश्यक रहेको उनले बताएका छन्।
नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनका क्रममा आजबाट वडा तहका अधिवेशन सुरु भएसँगै नेता सिंहले सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह भएको बताएका छन्।
युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउन सक्ने र देशलाई गति दिन सक्ने, भिजनसहितको नेतृत्व आजको आवश्यकता रहेको सन्देश मार्फत उनले बताएका छन्।
भदौ १८, २०७८ शुक्रबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।