पर्वतमा पहिरोले पुरिएर ५ जनाको मृत्यु ३ जना बेपत्ता
कुस्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले घर पुर्दा ५ जना पुरिएकामा २ जनाको शव फेला परेको छ। पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनीता पौडेलको शव निकालिएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर बेपत्ता ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवराज बुढाथोकीले बताए।
मोदी गाउँपालिका–५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीया ठूलीमाया थापाको मृत्यु भएको छ।
कुस्मा नगरपालिका–११ पकुवामा पहिरोमा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए।
भदौ १८, २०७८ शुक्रबार ०९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।