सशक्त कांग्रेस बनाउने अभियानमा होमिएका छौ : सभापति देउवा

सशक्त कांग्रेस बनाउने अभियानमा होमिएका छौ : सभापति देउवा

शुक्रवार बिहान  भिडियो सन्देश जारी गर्दै देउवाले १४ औँ महाधिवेशनमार्फत पार्टीलाई सशक्त बनाउने अभियानमा होमिइसकेको बताएका हुन् ।

 

‘पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै, हरेक टोलको भावनाको नेतृत्व गर्दै, ती सबै मुद्दा र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घर–घरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’ देउवाले भिडियोमा भनेका छन्, ‘म तपाईँहरूलाई जनताको विश्वास जितेर अघि बढ्ने प्रण गर्दछु। १४ औँ महाधिवेशन मार्फत हामी कांग्रेसलाई सशक्त बनाउने अभियानमा होमिइसकेका छौँ।’ 

 

८ लाख भन्दा बढी क्रियाशील सदस्यहरू पार्टीको महाधिवेशनमा होमिएको बताउँदै उनले सक्षम र सबल पार्टी निर्माणको दिशामा अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका छन्।
 

 

भदौ १८, २०७८ शुक्रबार ०९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।