पाँच एआइजीको सरुवा
काठमाडौँ : नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा भएको छ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा, एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानव स्रोत तथा प्रशासन विभाग प्रमुखमा सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार एआईजी सहकुलबहादुर थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यस्तै एआईजी नीरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज प्रमुखमा र हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।
भदौ १८, २०७८ शुक्रबार ०८:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।