दिनभर मौसम बदली रहने
काठमाडौँ : मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू भाग भन्दा केही तल रहेकाले अहिले मौसममा सामान्य देखि पूर्ण रूपमा बदली आएको छ।
प्रदेश १, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं. १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती देशभर सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको अनुमान छ।
भदौ १८, २०७८ शुक्रबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।