जयसिंह धामी बेपत्ता घटना थामथुम पार्न लागेको एमालेको आरोप
काठमाडौँ : नेकपा एमालेले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनालाई सरकार थामथुम गर्ने प्रयासमा लागेको आरोप लगाएको छ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति निकालेर छानबिन समितिले बुझाएको प्रतिवेदन अस्पष्ट रहेको र सरकार घटनालाई थामथुम गर्ने प्रयासमा लागेको आरोप लगाएका हुन्।
सरकारले भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसकेको विज्ञप्तिमा लेखिएको छ।
एमालेले अविलम्ब घटनाको सत्य तथ्य सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।
भदौ १७, २०७८ बिहीबार २१:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।