ट्राफिक जरिवाना तिर्न लाइन बस्नु नपर्ने 

ट्राफिक जरिवाना तिर्न लाइन बस्नु नपर्ने 

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा ‘क्युआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्युआर कोडको  प्रयोग गरी मोबाइलबाट नै जरिवाना तिर्न सकिने व्यवस्था गरेको जनाएको छ।

महाशाखाले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ भएको घोषणा गरेको छ। यो सेवा प्रारम्भ भएसँगै जरिवानाको पैसा तिर्न प्रहरी कार्यालयमा वा बैंंकमा गएर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्माले बताए। 

शर्माका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई प्रहरीले क्युआर कोड भएको चिट काटेर दिनेछ। त्यही चिटको आधारमा मोबाइलबाट स्क्यान गरेर रकम भुक्तानी गर्न सकिने शर्माले जानकारी दिए। 

भदौ १७, २०७८ बिहीबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।