आफ्नै साथीको हत्या गर्ने सैनिक जवानलाई २५ वर्ष कैद
काठमाडौँ : पैसा फिर्ता दिनुपर्ला भनेर आफ्नै साथीको हत्या गरेको अभियोग लागेका नेपाली सेनाका सिपाही गंगाधर ढकाललाई सैनिक अदालतले २५ वर्ष जेल सजाय तोकेको छ।
शारदा नगर स्थित सिमल डाँडामा नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्या गरेको आरोपमा उनी पक्राउ परेका थिए। पहिला प्रहरीले अनुसन्धान गरेर जिल्ला न्यायाधीवक्ताको कार्यालयबाट जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएकोमा अदालतले यो मुद्दा सैनिक अदालतलाई बुझाएको थियो।
सैनिक जनसम्पर्क निर्देशनालयले दिएको जानकारी अनुसार २०७८ भदौ ९ गते गठन भएको समरी जनरल सैनिक अदालतले सिपाही ढकाललाई हत्या सम्बन्धी कसुर समेत गरेको अभियोगमा दोषी ठहर्याई साउन ७ गतेबाट गणना हुने गरी जन्म कैद (२५ वर्ष) र भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने फैसला गरेको हो।
भदौ १७, २०७८ बिहीबार १९:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।