भारतले गोल फर्कायो
फाइल फाेटाे।
काठमाडौँ : नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलमा भारतले गोल फर्काएर बराबरी गरेको छ। खेलको ६० मिनेटमा अनिरुद्ध थापाले गोल गरेका हुन्।
भारतीय कप्तान सुनिल क्षेत्रीले टाढाबाट गरेको प्रहार नेपालका गोलकिपर किरण चेम्जाेङले बचाए पनि पूर्ण रूपमा क्लियर हुन नसक्दा थापाले गोल गरे।
यसअघि नेपालका लागि अञ्जन विष्टले ३५ औँ मिनेटमा गोल गरेका थिए।
भदौ १७, २०७८ बिहीबार १९:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।