प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ 

प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने युवक पक्राउ 

प्रहरी बनाइदिने भन्दै ठगी गरेको आरोपमा सिंह पक्राउ परेका हुन्। सिंहले प्रहरी बनाइदिने भन्दै पीडितबाट ६० हजार रकम मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। 

रकम नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्दै धम्की समेत दिने गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सिंहमाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

भदौ १७, २०७८ बिहीबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।