कांग्रेस वरिष्ठ नेता पौडेलले भने - सभापतिमा एउटा उम्मेदवार तय गर्छौ

कांग्रेस वरिष्ठ नेता पौडेलले भने - सभापतिमा एउटा उम्मेदवार तय गर्छौ

पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका आकांक्षीहरुलाई दायाबाया राखेर पौडेलले सभापतिमा एउटै उम्मेदवार दिने बताए। 

सभापतिका आकांक्षीहरुबीच एउटै उम्मेदवार तय गर्न निरन्तर छलफल भएपनि सहमति जुट्न सकेको छैन। वरिष्ठ नेता पौडेलले जिम्मेवारीबारे छलफल भइरहेको बताउँदै एउटै उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाए। 

कांग्रेस सभापतिमा वरिष्ठ नेता पौडेलसँगै पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शंशाक कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले दाबी गरेका छन्।

पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन एक भएर अगाडी बढ्ने बताए। उनले सभापतिमा एउटा उम्मेदवार हुनेमा ढुक्क रहन आग्रह समेत गरे। 

भदौ १७, २०७८ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।