महामन्त्री बन्न गगनले छाडे सिटौलाको साथ, खुले रामचन्द्रको समूहमा
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको समूहले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा थापा मञ्चमै बसेका थिए। देउवाविरुद्ध एकल उम्मेदवारको चयन गर्न नसके पनि पौडेल समूहले सहमतिमा एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने कार्यक्रममा दाबी गरेको छ।
वडा अधिवेशनको अघिल्लो दिन एकताको सन्देश दिन आयोजित पत्रकार सम्मेलनमै मञ्चमा सभापतिका चार आकाङ्क्षी बसेका थिए। मञ्चमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै वर्तमान महामन्त्री शशाङ्क कोइराला, नेता प्रकाशमान सिंह तथा शेखर कोइराला थिए। मञ्चमै देउवा प्यानलबाट महामन्त्री बनेर पराजित भएका अर्जुननरसिंह केसी समेत थिए।
देउवा क्याम्प छाडेर सभापतिको उम्मेदवारीको तयारी गरिरहेका विमलेन्द्र निधि पत्रकार सम्मेलनमा गएनन्। अर्का नेता कृष्णप्रसाद सिटौला पनि थिएनन्।
भदौ १७, २०७८ बिहीबार १५:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।