यातायात व्यवसायी दोस्रो चरणको आन्दोलनमा
भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्ने माग राखेर व्यवसायीहरूले दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन्।
सार्वजनिक यातायात केन्द्रीय महासङ्घले यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बिमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरिवाना छुट लगायतका माग राखेको छ।
महासङ्घका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफूहरूले पटक पटक मागका बारेमा सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए।
भाडा समायोजन गर्दा वैज्ञानिक समायोजन नभएको, कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रूपमा कोरोना खोप पाउन नसकेको यातायात व्यवसायीको गुनासो छ।
भदौ १७, २०७८ बिहीबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।