जसपा भदौ २२ गतेपछि सरकारमा सहभागी हुन्छ : उपेन्द्र यादव
बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले भदौ गतेपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका हुन्। कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने यादवको भनाई छ।
उनले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँडका विषयमा कुनै विवाद नरहेको दाबी पनि गरे। अहिले गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको अध्यक्ष यादवको भनाई छ।
अध्यक्ष यादवले महन्थ ठाकुरलाई अरू कसैले प्रयोग गरिरहेको आरोप लगाए। उनले लोसपासंग जसपाको कुनै प्रतिस्पर्धा नै नहुने जिकिर गरे।
जसपाका प्रदेश सांसदहरू सचेत रहेको र अन्य कसैले पनि तान्न नसक्ने यादवले बताए।
भदौ १७, २०७८ बिहीबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।