सभापतिको उम्मेदवार बन्ने  कांग्रेस नेता गोपालमान श्रेष्ठको घोषणा 

सभापतिको उम्मेदवार बन्ने  कांग्रेस नेता गोपालमान श्रेष्ठको घोषणा 

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खेमाका बिमलेन्द्र निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरेको केही दिन नबित्दै देउवा निकट गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टीको सङ्गठन विभाग प्रमुख श्रेष्ठले गृह जिल्ला स्याङ्जाका अगुवा नेता÷कार्यकर्ता उपस्थित भेलाबाट  १४ औँ महाधिवेशनमा पार्टी सभापति पदमा लड्ने औपचारिक घोषणा गरेका हुन्।

 

स्याङ्जाको पार्टी कार्यालयमा बुधवार भएको कार्यक्रमबाट सभापतिमा उठ्ने उनले औपचारिक घोषणा गरे।

 

‘सभापति उठ्ने सोच बनाइरहेकाले स्याङ्जा आएर नै घोषणा गरेँ,’ उनले जिल्लाका कार्यकर्तासँग भने, ‘मलाई सबै तिरका साथीहरूले साथ दिनु हुन्छ।’

 

श्रेष्ठ  सभापति देउवा निकट हुन्। 

भदौ १७, २०७८ बिहीबार १०:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।