तीजमा मिर्गौला पीडितलाई सहयोग गर्ने राप्रपाका महिलाको निर्णय
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध महिला सङ्गठनले तीजको दर खाने जमघटको साटो मिर्गौला पीडितलाई सहयोग गर्ने निधो गरेको छ।
राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात् गर्दै तडक भडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको सङ्गठनले जनाएको हो।
राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा सम्पन्न भेलाले सोही भावना बमोजिम यस पालीको तीजमा जमघट गरेर दर खाने कार्यक्रम नगर्ने, बरु सोही रकम जम्मा गरेर मिर्गौला पीडितलाई सहयोग गर्ने निष्कर्ष निकालेको सह अध्यक्ष राईले जानकारी दिइन्।
भदौ १७, २०७८ बिहीबार १०:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।