खोलाले कार बगाउँदा चार जनाको मृत्यु

खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ : दाङको घोराही ४ स्थित सिस्नेखोलाले कार बगाउँदा ४ महिलाको मृत्यु भएको छ। एक जना घाईते भएका छन्। 

नेपालगंजबाट घोराही जाँदै गरेको प्र ३–०१–२४ च ४४४० नम्बरको कार सिस्ने  खोला पार गर्दै गर्दा खोलामा आएको बाढिले बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका असई गोकर्ण खडकाले बताए।

मृत्यु हुनेमा घोराही -१३ कि ४० वर्षीया रितामाया पुन, ३२  वर्षीया सुसिला श्रेष्ठ, घोराही- १४ कि ४२ वर्षीया बिमला केसी र ३१ वर्षीया राधा कुवर रहेको उनले बताए। त्यस्तै कार चालक घोराही -१५ का ४२ वर्षीय नर बहादुर पुन घाईते भएका छन ।

भदौ १७, २०७८ बिहीबार ०८:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।