कलाकार निशा घिमिरेको निधन 

कलाकार निशा घिमिरेको निधन 

काठमाडौं : नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको बुधबार साँझ मृत्यु भएको छ। 

उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

भदौ १७, २०७८ बिहीबार ०८:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।