कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने 

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन हुने 

काठमाडौँ : कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले यसअघि साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षा कोरोना भाइरसको संक्रमण बढेको भन्दै स्थगित गरेको थियो। 

बोर्डले स्थगित परीक्षा भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन हुने नयाँ परीक्षा तालिका आज बुधबार सार्वजनिक गरेको हो।

बोर्ड बैठकले परीक्षार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता दुर्गा प्रसाद अर्यालले जानकारी दिए। 

भदौ १६, २०७८ बुधबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।