कांग्रेस मुख्यालयमा दलित संघको धर्ना 

कांग्रेस मुख्यालयमा दलित संघको धर्ना 

काठमाडौँ : नेपाली कांग्रेसको पार्टी कार्यालयमा नेपाल दलित संघले धर्ना दिएको छ। निर्वाचन निर्देशिका तथा अनुसूचीमा दलितका अधिकार पुनर्स्थापन गर्न माग गर्दै संघले कांग्रेस मुख्यालयमा धर्ना दिएको हो। 

बुधबार संघले धर्ना दिएर पार्टीले महाधिवेशनका लागि तयार गरेको निर्वाचन निर्देशिका तथा अनुसूची समावेशी बनाउन माग गरेको छ।

पार्टी महाधिवेशनमा केन्द्रित भएका बेला आफूहरूमाथि अन्याय भएको धर्नामा सहभागीहरूको भनाई छ।

उनीहरूले आफूहरूको मागका बारेमा पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन्। आफूहरूको माग पुरा नभए विरोधका अन्य कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएको छ।

भदौ १६, २०७८ बुधबार १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।