रक्षा सचिवले दिए प्रधानसेनापति शर्मालाई नियुक्ति पत्र
काठमाडौँ : रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन्।
रक्षा मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव पौड्यालले शर्मालाई प्रधानसेनापतिमा नियुक्ति भएको पत्र दिएका हुन्।
नियुक्ति पत्र दिँदै सचिव पौड्यालले शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
भदौ १६, २०७८ बुधबार १४:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।