बागमती प्रदेशका सामाजिक विकास मन्त्री खनालले दिए राजीनामा
हेटौंडा : बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन्।
डोरमणि पौडेलले छाडेर एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकै दिन मन्त्री बनेका खनालले बुधवार बिहान पदबाट राजीनामा दिएका हुन् ।
उनले मङ्गलवार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा उपस्थित भएर माधव नेपाल नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेर सनाखत गरेका थिए।
आफूले अर्को दल रोजेकाले सरकारलाई काम गर्न असहज नहोस् भनेर पदबाट राजीनामा दिएको उनले प्रतिक्रिया दिएका छन्। उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन्।
भदौ १६, २०७८ बुधबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।