दिनभर मौसम बदली, कतै कतै वर्षा हुने
काठमाडौँ : नेपालमा मनसुनी वायुको प्रभाव बढ्दो रहेकाले देश भर सामान्य बदली सहित प्रदेश नं. १, बागमती, गण्डकी र कर्णाली स्थानका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभर मौसम बदली भई केही स्थानमा मेघ गर्जन सहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राती देशभर सामान्य बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना छ। प्रदेश नं. १ का केही स्थानमा मेघ गर्जन सहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भदौ १६, २०७८ बुधबार ०७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।