अहिलेको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै : केपी ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका छन्।
एमाले झापा काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको कार्यक्रममा ओलीले सरकारलाई स्वार्थहरूको पोकाको संज्ञा पनि दिएका छन्।
उनले स्वार्थहरूको पोका एक ठाउँ भेला पारेर अहिलेको सरकार गठन गरिएको र राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको आरोप लगाएका हुन्।
ओलीले अहिले शेरबहादुर देउवा नेतृत्वको सरकार र कुबाटोमा गाडी कुदाउने ड्राइभर उस्तै भएको तर्क गरे।
ओलीले सभामुख अग्नि सापकोटाको भूमिका प्रति पनि कटाक्ष गरेका छन्। सभामुख राजमार्गबाट हिँड्न छोडेर कान्ला कान्ला भित्ता भित्तामा ठोकिन गएको ओलीको आरोप छ।
निर्वाचन आयोगले सडक छाड्न खोजेको र पछिल्लो समय अदालतले पनि बाटो बिराउँदै गएको उल्लेख गरे। गठबन्धनको गठजोड चुनावमा गएपछि देखिने ओलीको भनाई छ।
भदौ १५, २०७८ मंगलबार २०:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।