कांग्रेसको अझै २१ जिल्लामा क्रियाशील सदस्यता विवाद  

कांग्रेसको अझै २१ जिल्लामा क्रियाशील सदस्यता विवाद  

काठमाडौँ : नेपाली कांग्रेसले थप ३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको छ।

कांग्रेसको १४ औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप ३ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक भएको कांग्रेसले जनाएको छ। 

कांग्रेस केन्द्रीय निर्वाचन समितिले अहिलेसम्म ५६ जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको जनाएको छ।

नामावली सार्वजनिक भएका सुनसरी, मकवानपुर र बागलुङ जिल्लामा  जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइसकिएको समितिले जनाएको छ। 

कांग्रेसले अझै २१ जिल्लाका क्रियाशील सदस्यको नामावली टुङ्गो लगाउन सकेको छैन।

भदौ १८ गते वडा अधिवेशनको मिति आउनै लाग्दा जम्मा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यको नामावली सार्वजनिक गरेको कांग्रेसले बाँकी २१ जिल्लाको विवाद समाधानको प्रयास गरिरहेको जनाएको छ।

भदौ १५, २०७८ मंगलबार १९:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।