सुदूरपश्चिममा एमालेका सांसद एकीकृत समाजवादी रोज्दै  

सुदूरपश्चिममा एमालेका सांसद एकीकृत समाजवादी रोज्दै  

निर्वाचन आयोगले भदौ २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था गरे पनि सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले भने आजै सनाखत गर्न लागेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री  पूर्णा जोशीले जानकारी दिइन। 

आज बेलुका ५ बजेसम्म प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्ने तयारीमा प्रदेश सांसद जुटेका छन्। सुदूरपश्चिम प्रदेशमा एमालेको २५ सांसद छन्।

नेकपा एकीकृत समाजवादीले आफूसँग १४ सांसद हुने दाबी गरेको छ। 

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ सांसद छन्। अहिले सभामुख सहित एमालेका २५ माओवादी केन्द्रका १२, कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन्।

भदौ १५, २०७८ मंगलबार १५:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।