सिंहदरबारमा खुल्यो एकीकृत समाजवादीको संसदीय दलको कार्यालय
सङ्घीय संसद् सचिवालयले माधव कुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीलाई संसदीय दलको कार्यालय उपलब्ध गराएको हो।
निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगायतका सेवा सुविधा उपलब्ध गराएको संसद् सचिवालयले जनाएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले यसअघि नै संसदीय दलको नेतामा माधव कुमार नेपाल र राष्ट्रिय सभा दलको नेतामा बेदुराम भुसाललाई चयन गरिसकेको छ।
भदौ १५, २०७८ मंगलबार १५:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।