पत्रकार सम्मेलन मार्फत कांग्रेस सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङ

पत्रकार सम्मेलन मार्फत कांग्रेस सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङ

आज दिउँसो साढे २ बजे अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरी गुरुङले सभापतिको उम्मेदवारी घोषणा गर्न लागेका हुन्। उनले आफ्नो अरू टिम पछि सार्वजनिक गर्ने गरी उम्मेदवारी घोषणा गर्न लागेको गुरुङ निकट स्रोतले बतायो।

कांग्रेस सभापतिका लागि यसअघि उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन्।

कांग्रेसको १४ औँ महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, प्रकाशमान सिंह लगायत नेताले सभापतिमा आकांक्षा राखेका छन्।

भदौ १५, २०७८ मंगलबार १०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।