डा. केसीसँगको सहमति कार्यान्वयन गर्न सरकारले बनायो समिति
डा. केसीसँग सरकारले गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा समिति गठन गरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते केसीको माग कार्यान्वयन गर्ने ५ बुँदे प्रतिबद्धता जनाएपछि केसीले भदौ ३ गते बाट बस्ने भनेको अनसन स्थगित गरेका थिए।
सरकारले गठन गरेको समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।
भदौ १५, २०७८ मंगलबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।